news samaya Logo
 |  20 June 2021,Sunday
Ad

सरकारले उखु किसानको बक्यौदा नतिर्ने चिनी मिललाई कारवाही थाल्यो

  • ८ माघ २०७६, बुधबार
  • अर्थ

काठमाडौं । उखु किसानको मर्कालाई मध्यनजर गर्दै सरकाले चिनि मिललाई कारवाहीको प्रकृया थालेको छ ।
पछिल्लो समय चिनि मिलले लामो समय सम्म उखु किसानको बक्यौता फर्च्यौट नगरेको भन्दै किसानहरु धर्ना तथा आन्दोलनमा उत्रिय पछि समस्या समाधानकालागि सरकारले चिनि मिललाई कारवाहिको प्रकृया थालेको हो ।
तोकेको समयमा उखु किसानलाई बक्यौता रकम न दिएको भन्दै केहि चिनी मिलको खाता रोक्का गर्न सरकारले नेपाल राष्ट्र बैंकलाई परिपत्र गरेको छ ।
उखु किसानलाई भुक्तानी दिन अटेर गरेका अन्नपूर्ण , लुम्बिनी लगायत केहि चिनी मिल सञ्चालकको बैंक खाता रोक्का गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराई बताए ।
भट्टराईका अनुसार उखु किसानको बक्यौता रकम भुक्तानी नगर्दासम्म ती दुवै मिलको सम्पूर्ण आर्थिक कारोबार रोकिने छ ।
साथै यि मिलको राजस्व सम्बन्धी अनुसन्धान समेत गरिने भएको बताईएको छ ।

सेयर गर्नुहोस ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*

shares