१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

सभामुख सापकोटाले प्रधानमन्त्री सहित दलका शीर्ष नेताहरुलाई बोलाए

सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्न लागेका छन् ।
सभामुख सापकोटाले शुक्रबार समसामयिक बिषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री केपी ओली सहित प्रमुख दलका शीर्ष नेताहरुलाई बोलाएका हुन् ।

अपराहन्न संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने छलफमा सभामुख सापकोटाले सहभागिताका लागि भन्दै दलका प्रमुख नेताहरूलाई पत्र पठाएको सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेले बताए ।


सभामुख सापकोटाले प्रतिनिधि सभा दोस्रोपटक विघटन भएपछि यस अघि पूर्वसभामुखहरु र बरिष्ठ कानून विद्हरुसँग छलफल गरिसकेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*