१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

सप्तरीका मुसहर परिवारको बिचल्ली

सप्तरी । सप्तरीको बेल्ही चपेनाका १२ दलित मुसहर परिवारको बिचल्ली भएको छ ।
राजगढ गाउँपालिका वडा न. ४ बेल्ली चपेनामा बसोवास गर्दे आएका मुसहरको सप्तरी जिल्ला अदालतले गत मंगलबार दिएको आदेशअनुसार घर भत्काईए पछी उनिहरुको दैनिकी कष्टकर बन्न थालेको पिडत मुहसर परिवारले गुनासो गरेका छन् ।
स्थानीय रामबहादुर मण्डलले बस्ती बसेको जग्गा आफ्नो नाममा रहेको भन्दै अदालतमा रिट जाहेर गरेका पछी जिल्ला अदालतले दिएको आदेश अनुसार उनिहरुको बस्तीमा शनिवार डोजर लागाएर घरहरु भत्काईएको थियो ।
घर भत्काईए पछि उनिहरु अहिले स्थानिय पोखरी किनारम त्रिपाल टाँगेर बसेका छन् । घरमा भएका अन्नपात तथा लत्ता कपडा डोजर लागाउँदा नष्ट भएको भन्दै आफुहरु समस्यामा परेको मुसहरहरुको गुनासो छ ।
स्थानिय राजगढ गाँउपालीकाले भने बिचल्ली परेका मुसहर परिवारको व्यावस्थापनकालागि जग्गा खोजि भैरहेको र चाँडै पुर्नरवास गराईने बताएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*