१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

राप्ती अञ्चलका सनी बने पहिलो आईएमई लोकस्टार, रु.५० लाख जिते

काठमाडौ । सनी विश्वकर्माले आईएमई लोकस्टारको उपाधि जिते संगै राप्ती अञ्चल साँगितीक उर्वर भुमि भएको प्रमाणीत भएको छ ।
राप्ती अञ्चलको रोल्पा जिल्लामा जन्मेका सनी विश्वर्माले आईएमई लोकस्टारको पहिलो संस्करणको प्रथम उपाधी जिते संगै राप्ती अञ्चलको सान बढेको छ ।
झण्डै १८ वर्षको कलिलो उमेरमा लोकस्टार बनेका सनीले नगद ५० लाख रूपैयाँ र २५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवनबिमा पाए ।
सनिवार भृकुटीमण्डको प्राङ्गणमा प्रतिशप्रधि चेतन गोतामे, विनोद दनुवार र रामकुमार नेपालीलाई उछिन्दै उनले उपाधि जितेका हुन् ।
प्रतिशप्रर्धामा रनरअप बनेका चेतन गोतामेले २५ लाख रुपैयाँ नगद र सिटिजन लाइफ इन्स्योरेन्समा १५ लाखको जीवन विमा पुरस्कार प्राप्त गरे ।
सेकेण्ड रनर अप घोषित भएका विनोद दनुवारले १० लाख नगद र सिटिजन्स लाइफ इन्स्योरेन्सको तर्फबाट १० लाख बराबरको जीवन विमा पुरस्कार पाए ।
सैयौं दर्शकमाझ शुक्रबार साँझ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भएको ग्राण्ड फिनालीमा पर्फमर अफ दि सिजनको उपाधि रामकुमार नेपालीले प्राप्त गरे ।
गत आषाढ महिन देखि सुरु भएको पहिलो चरनको लोकस्टार सनिवार सम्पन्न भयो ।

लोकस्टारको छनोटको निर्णायक भुमिकामा बिबि अनुरागी, रामजी खाँड, सुनिता दुलाल र जयनन्द लामा रहेका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*