१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

संसद विघटन विरुद्ध परेको रिटको संवैधानिक इजलासमा सुनुवाई सुरु


प्रधानमन्त्री केपी ओलीले संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा सबै रिटहरुमाथिको प्रारम्भिक सुनुवाई संवैधानिक इजलासमा शुरु भएको छ । आज रिट निवेदकहरुको तर्फबाट बहस हुनेछ । दुवै पक्षका बहस र राय सुन्नुपर्ने भएकाले सुनुवाई केही दिन लम्बिन सक्ने सर्बोच्च स्रोतले जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा शुरु भएको बहसमा भाग लिन बरिष्ठ अधिवक्ताहरु सर्बोच्च अदालत पुगेका छन् । आजै विहान प्रधानन्यायाधीश राणाले न्यायाधीशहरु हरिकृष्ण कार्की,विश्वम्भर श्रेष्ठ,अनिलकुमार सिन्हा र तेजवहादुर केसीलाई संवैधानिक इजलास तोकेका थिए । न्यायपरिषदको सिफारिसमा परेका १४ जना न्यायाधीशमध्येबाट प्रधानन्यायाधीश राणाले चार जनालाई तोकेका हुन् ।

प्रतिनिधिसभा विघटन संवैधानिक विषय बनेकाले यसको टुंगो लगाउन संवैधानिक इजलासमा पठाउने आदेश राणाको एकल इजलासले बुधवार दिएको थियो । रिट निवेदक र बहसकर्ताहरुको सूची लामो भएकाले सुनुवाई लम्बिन सक्ने सर्बोच्च स्रोतले जनाएको छ

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*