१२ बैशाख २०८१, बुधबार  |  24 April 2024,Wednesday
Ad

शुक्रबार दुई फिल्म रिलिज : अनमोल र आशिरमान विचको प्रतिशपर्धा

१७, फाल्गुन, काठमाडौं । शुक्रबार (आज) नेपाली फिल्म उद्योगमा दुईओटा फिल्मले प्रतिशपर्धा गर्देछन् । देश भर एकै साथ। फिल्म ‘क्याप्टेन’ र ‘दि ब्रेकअप’ रिलिज भए । ‘क्याप्टेन’ लाई दिवाकर भट्टराइले निर्देशन गरेका छन भने ‘द ब्रेकअप’लाई निर्देशक हेमराज विसीले निर्देशन रहेका छन । नजिकीरहेको महाशिवरात्रीको पुर्वसन्यामा आज शुक्रबारबाट दुई नयाँ फिल्म प्रदर्शनमा ल्याईएको हो । अनमोल र आशिरमान अभिनित दुवै चलचित्र प्रतिशपर्धामा रहेका छन । यि दुई मध्य कस्ले राम्रो व्यापार गर्छ भन्ने सहजै अनुमान गर्न गाह्रो देखिन्छ । तर निर्माता भने आफ्नो फिल्मले राम्रो व्यापार गर्नेमा ढुक्क जस्तै देखिन्छन ।

‘क्याप्टेन’
छोटो समयमा चर्तित नायक अनमोल केसीको अभिनय रहेको क्याप्टेन नेपाली फुटबलको बिषय बस्तुलाई समेटेर निर्माण गरिएका छ । अनमोल के.सी., उपासना सिंह ठकुरी र प्रियंका एमभीको मुख्या अभिनय रहेको फिल्ममा सामिप्यराज तिमल्सिनाको पटकथा, सुदिप बरालको छायाँकन रहेको छ । फिल्ममा सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई लगायतको अभिनय छ । फिल्ममा अभिनेत्री निरुता सिंह र अभिनेता भुवन केसीको पनि अभिनय छ । फिल्ममा आफ्नो बाबुको सपना साकार पार्न हिँडेको मध्यम वर्गीय परिवारको एक व्यक्तिले देशका लागि स्वर्ण पदक जित्ने यात्रामा सामाना गर्नु पर्ने चुनौती हतिको कथा बोकेको छ ।

‘द ब्रेकअप’
यो फिल्ममा आशिरमान देशराज जोशी र शिल्पा मास्केको मुख्य भूमिका रहेको छ । प्रेम र विछोडलाई एकै साथ फिल्मको स्टोरी बनाईएको यो फिल्ममा रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीले संयुक्त लगानी गरेका छन् ।
फिल्ममा आशिर र शिल्पाका साथै सरोज खनाल, रेमनदास श्रेष्ठ, इच्छा कार्की लगायतका कलाकारको अभिनय गरेका छन । फिल्म अष्ट्रेलिया तथा नेपालका बिभिन्न स्थानमा छायाँकन गरिएको छ, भने फिल्मलाई नरेन्द्र मैनालीले खिचेका छन ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*