७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

व्याजदरमा बिवाद गरे हस्तक्षेप गर्ने : अर्थमन्त्री खतिवडा

२२, फाल्गुन,काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकर र व्यवसायी व्याजदरलाई लिएर बिवाद गरे सरकारले हस्तक्षेप गर्ने चेतावनी दिएका छन् ।
नेपाल पूर्वाधार बैंकको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले बैंकले १६ प्रतिशत ब्याज खोज्ने र उद्योगी–व्यवसायीले ६ प्रतिशत ब्याजमै ऋण खोज्ने प्रवृत्ति अतिवाद निम्तने भन्दै दुवै पक्षलाई सहमतिमा आउन आग्रह गरे । अर्थमन्त्री खतिवडाले यदि दुवै पक्ष सहमतीमा नगई झगडा गरे सरकार हात्तीको जस्तो सुँड पसारेर हस्तक्षेप गर्न बाध्य हुने चेतावनी दिए ।
‘अनुचित लाभ लिन तर्फ नलाग्न निक्षेपकर्तालाई आग्रह गर्दै उनले अस्वभाविक ब्याजदर रोक्नुपर्ने बताए । बैंकमा अस्वस्थ प्रतिष्पर्धा बढेको भन्दै अर्थमन्त्री खतिवडाले बैंकलाई मर्जमा जान सल्लाह समेत दिए ।
बैंकर–उद्योगी, व्यवसायी बिचको को झगडा सरकारलाई मन नपरेको अर्थमन्त्री खतिवडाको तर्क थियो ।
सरकारले फोर्स मर्जमा जान बाध्यकारी अवस्था सिर्जना नगरेको बताउँदै मन्त्री खतिवडाले २० वटासम्म हुँदा अस्वस्थ्थ प्रतिष्पर्धा हटेर स्वस्थ प्रतिष्पर्धा हुन सक्ने सल्लाह दिए ।
पूर्वाधार बैंकले पर्यटन, जलविद्युत, नविकरणीय उर्जालगायतका पूर्वाधार क्षेत्रमा लगानी गर्नु पर्ने भन्दै तातिसकेको बजारलाई पूर्वाधार बैंकले तताउनु भन्दा पनि विदेशी पुँजीसमेत भित्र्याएर दीर्घकालिन परियोजनामा लगानी गर्न उनले आह्वान गरे ।
त्यस्तै नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले पूर्वाधार बैंक पूर्वाधारमै केन्द्रीत भएर कारोबार सञ्चालन गर्नुपर्ने बताए । नेपालले लगानी परियोजना छनौट तथा निर्माणमा पूर्णरुपमा काम गर्न सक्नुपर्ने बताए ।
नेपाल पूर्वाधार बैंकका अध्यक्ष अनुज अग्रवालले सरकारको सहयोगले मात्र आफुहरुले उद्देश्य अनुसरको प्रगती हासिल गर्न सक्ने बताए । अबको दशक पूर्वाधार दशक भएको भन्दै पूर्वाधारको विकासका लागि बैंकले मोडल बैंक बनाउने जिकिर गरे ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*