१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

विश्वकै खुँखार आतंकवादी सूचीमा अबु बकर, टाउकाको मूल्य ८२ कराेड ५८ लाख !

विश्वकै खुँखार आतंकवादीको सूचीमा रहेका अबू बकर शेकाऊको टाउकाको मूल्य तोकिएको छ । अबू बकर शेकाऊको टाउकाको मूल्य अमेरिकाले ७० लाख अमेरिकी डलरको घोषणा गरेको हो ।अफ्रिकी मुलुक नाइजेरियाको विद्रोही समूह बोको हरामका कमाण्डर अबू बकर शेकाऊ यस्ता ब्यक्ति हुन् जसकोे एक इशारामा आतंकवादीको फौज क्षणभरमा रगतको होली खेल्न तयार हुन्छन् ।

नाइजेरियाको ठूलो हिस्सा उनको कब्जामा छ, जहाँ उनकै आदेश शिरोपर हुन्छ । अमेरिकाले उनै अबू बकर शेकाऊको नाम मोस्ट वान्टेडको सूचीमा राखेर उनको टाउकोको मूल्य ७० लाख अमेरिकी डलर (८२ कराेड ५८ लाख ४० हजार रूपैयाँ) तोकेको हो ।बोको हरामको मुखिया अबू बकर पछिल्ला केही बर्षदेखि नाइजेरियामा भइरहेको नरसंहारको जिम्मेवार हुन् ।

अबू बकर शेकाउको नाम मात्रै पाँच वटा छ । अबू बकर शेकाऊ उर्फ दारूल तौहीद, अबू बकर शिकवा, इमाम अबू बकर र शिकू उर्फ अबू मुहम्मद अबू बकर बिन मोहम्मद अल शकवी अल मुस्लिमी बिशक ।अबू बकर शेकाऊ इस्लामिक अतिवादी संगठन आई.एस.आई.एसका प्रमुख अबू बकर अल बगदादी भन्दा दुई गुणा प्रभावशाली नेता मानिन्छन् ।

बगदादी जस्तै यिनको पनि नाइजेरिया र आसपासको देशलाई इस्लामिक स्टेट बनाउने सपना छ ।अबू बकर नाइजेरियाको कमाण्डर बनेयता यिनको इशारामा बोको हराका लडाकुले पछिल्लो समय नाइजेरियाको अलग अलग शहरमा जारी राखेको हिंसामा हजारौं मारिएका छन् भने लाखौं विस्थापित भएका छन् ।

हाल नाइजेरियाको उत्तर पूर्वका तीन राज्यमा उनको हुकुम चल्ने गरेको छ । त्यति मात्र होइन विश्वका आतंकवादी समूहका कमाण्डरहरुमा शेकाऊ छलकपट र भेष बदल्नमा माहिर मानिन्छन् ।शेकाउले हालसम्म कुनै पनि लडाकुसँग सिधै कुराकानी गरेका छैनन् । लडाकुहरुसँग उनको कुराकानी वक्तब्यमार्फत् हुने गर्दछ । यिनै अबू बकरले अमेरिकाको चुनौती सामना गर्ने धम्की पनि दिएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*