१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसी : शपथ र सानो मन्त्रीमण्डल आजै

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी (केन्द्र)का संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् ।
केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले विहीबार संविधानको धारा १६८ को २ अनुसार नियुक्त गरेका हुन् ।
एमालेका तर्फबाट मुख्यमन्त्री बनेका शंकर पोखरेलले बुधबार राजीनामा दिए सँगै प्रदेश प्रमुख अमिक शेरचनले (आज) विहीबार ३ बजेसम्म सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका थिए ।
प्रदेश प्रमुखको आव्हान संगै लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र सूर्य चिन्हबाट चुनाव लडेका एक सदस्यसहित गठबन्धनको समर्थनमा केसीले मुख्यमन्त्रीमा उमेदवारी दिएका थिए ।
केसीको मात्र उमेदवारी परे पछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको होे ।
मुख्यमन्त्री केसीले आजै शपथ लिने कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । शपथ लगतै सानो आकारको मन्त्रिमण्डल पनि गठन गरिने तैयारी समेत भएको छ ।
केसी रोल्पाको निर्वाचन क्षेत्र १ (क) बाट प्रदेशसभा सदस्यमा निर्बाचित भएका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*