१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

महासंघद्वारा तत्काल चर्को ब्याजदर हटाउन माग

२७, फाल्गुन, काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले लिदै आएको चर्को ब्याजदर तत्काल हटाउन नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले माग गरेको छ ।
महासङ्घले सोमवार (आज) काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाल–चीनको प्रमुख नाकाका रुपमा रहेको केरुङसम्म जानकालागि सहजताका साथ निश्चित समयका लागि पासको व्यवस्था गर्नुपर्ने समेत माग गरेको छ ।
महासङ्घका अध्यक्ष नरेश कटुवालले साना तथा मझौला उद्योगी व्यवसायीलाई त्यस क्षेत्रको आवश्यक नीतिनियम बनाउँदा सरकारले समावेशी र समन्वयकारी भूमिका निर्वाह गर्न माग गरे ।
सातै प्रदेशमा निजी क्षेत्र र सरकार सम्मिलित औद्योगिक करीडोरको स्थापना गर्दै चीनसँग जोडिएका तातोपानी लगायत सबै नाका यथाशीघ्र सञ्चालनका लागि पहल गर्नुपर्ने समेत महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*