६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

भारतको अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु

भारतको महाराष्ट्रस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० जना नवजात शिशुको मृत्यु भएको छ। समाचार एजेन्सी पिटिआईका अनुसार महाराष्ट्रको भण्डारा जिल्लास्थित अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको हो।

शनिबार बिहान दुई बजेतिर अस्पतालको नवजात शिशु स्याहार केन्द्रमा आगलागी भएको थियो। त्यहाँबाट सात जना शिशुलाई भने सुरक्षित रुपमा उद्धार गरिएको छ। भण्डारा मुम्बईबाट ९०० किलोमिटर टाढा छ।

नवजात शिशुहरुको मृत्यु भवनमा धुँवा भरिएका कारण भएको बताइएको छ। अस्पतालका सिविल सर्जन डाक्टर प्रमोद खन्डाका अनुसार तीनरचार बच्चाको मृत्यु जलेर भएको छ भने बाँकीले अक्सिजन नपाएर ज्यान गुमाउनुपरेको देखिएको छ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*