१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

बाराको गढीमाई मन्दिर प्राङ्गणमा टिकटक बनाए कारवाही

बाराको प्रसिद्ध धार्मिक स्थाल गढीमाई मन्दिर प्राङ्गणमा टिकटक बनाउन रोक लगाईएको छ ।मन्दिर परिसरमा जुत्ता चप्पल लगाएर नाच्ने तथा अभिनय गर्दा भक्तजनलाई अप्ठेरो परेको भन्दै मन्दिर प्राङ्गण क्षेत्रमा टिकटक बनाउन रोकलाईएको हो ।
मन्दिर व्यवस्थापन समितिले एक सूचना टाँस्दै ‘मन्दिर परिसरमा जुता चप्पल लगाउन र टिकटक बनाउन सशक्त मनाही छ भनेको छ ।
सूचनाको अवज्ञा गरे दण्ड तथा जरिमाना गरिने समेत भनिएको छ । मन्दिर प्राङ्गणमा त्यस्ता गतिविधी रोक्न नगरपालिकाले नगर प्रहरी समेत खटाएको छ ।
नेपाल प्रहरीको स्थानीय चौकीले पनि गढीमाई मन्दिर तथा आसपासका क्षेत्रमा अवान्क्षनिय गतिविधि नियन्त्रणकालागि सहकार्य गर्दै आएको छ ।
मन्दिर संसारकै सवै भन्दा बढी वलि दिने शक्ति पिठका रुपमा चिनिन्छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*