१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

बाजुरामा धार्मिक तथा शैक्षिक महोत्सव सुरु, प्रदेश सरकारबाट ५० लाख बजेट विनियोजन गरिने :मन्त्री शाह

संगिता तिमल्सिना
१५, फल्गुन, बाजुरा । सुदुरपश्चिम प्रदेशका आन्तरीक मामीला तथा कानुनमन्त्री प्रकाश शाहले खप्तड छेडेदह गाउँपालिका ७ स्थित दशरथ माविकालागि प्रदेश सरकारबाट ५० लाख बजेट बिनियोजन गर्ने बताएका छन् । खप्तड छेडेदह गाँउपालिका वडा नं ७ मा रहेको दशरथ मा.वि. आटीचौरको विद्यालयको स्तरउन्नतीका लागि आयोजित धार्मिक तथा शैक्षिक महोत्सवको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्देे मन्त्री शाहले यस्तो बताएका हुन् । बाजुरामा विकासका कुरामा पनि राजनीति गर्ने चलन व्याप्त रहेकाले विकास निर्माणका काममा कसैले पनि राजनीति गर्न नहुने उनको धारणा थियो ।
विद्यालयको खेल मैदानको स्तरोन्नी र विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि महोत्सव सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिर्घमति देवी ओलीले बताइन् । मेला महाशिवरात्रीको अवसर पारी आठ दिनसम्म चल्ने आयोजकले जनएको छ । महोत्सव उद्घाटन कार्यक्रममा ११सय शान्ती कलश सहितको महिलाहरुको टोलिले अतिथिहरुलाई स्वागत गरे ।
महोत्सवको पहिलो दिन सुदुरपश्चिम प्रदेशका आन्तरीक मामीला तथा कानुनमन्त्री प्रकाश शाहले विद्यालयलाई व्यक्तिगत रुपमा १ लाख २५ हजार चन्दा दान गरेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*