१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

बाइडेन र मोदीबिच टेलिफोन वार्ता

अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन वार्ता भएको छ। मोदीले ट्विटमार्फत आफूहरुबिच फोनमा वार्ता भएको जानकारी दिएका छन्।

मोदीले भनेका छन्, ‘राष्ट्रपति जो बाइडेनसँग कुरा भयो । उनलाई मैले सफलताका लागि शुभकामना दिएँ। हामीले क्षेत्रीय मुद्दा र आफ्ना साझा प्राथमिकताकाबारे चर्चा गर्‍याैँ। साथै जलवायु परिवर्तन रोक्नका लागि सहयोग बढाउने विषयमा पनि सहमति जाहेर गर्‍याैँ।’

एक अर्काे ट्विटमा मोदीले भनेका छन्, ‘राष्ट्रपति बाइडेन र म नियम आधारित अन्तर्राष्ट्रिय व्यवस्थाका लागि प्रतिबद्ध छौँ। हामी एशिया–प्रशान्त क्षेत्रको शान्ति तथा सुरक्षाका लागि आफ्नो रणनीतिक साझेदारीलाई अझ बलियो पार्न इच्छुक छौँ।’

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*