८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

फ्रान्सले आह्वान गरेको वार्ता इरानद्धारा अस्वीकार

इरानले आणविक सम्झौताका विषयमा छलफल गर्न फ्रान्सले आह्वान गरेको वार्ता अस्वीकार गरेको छ । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले साउदी अरेबियालाई समावेश गर्न वार्ता आह्वान गरेपछि इरानले वार्ता अस्वीकार गरेको हो ।

राष्ट्रपति म्याक्रोंले वार्तामा साउदी सहभागी हुनु पर्ने बताएपछि इरानले कुनै पनि नयाँ वार्ता वा छलफल अस्वीकार गर्ने जनाएको छ । इरानले आणविक सम्झौता संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावले गरेको बहुपक्षीय अन्तराष्ट्रिय सम्झौता भएकाले यसमा कुनै परिवर्तन नहुने जनाएको छ ।

सन् २०१८ मा ट्रम्प प्रशासनले उक्त सम्झौताबाट पछि हट्दै तेहेरानमाथि आर्थिक प्रतिबन्ध लगाएको थियो । इरानमाथि सम्झौता उल्लघंन गरेको आरोप लागेको छ ।

यद्यपी नयाँ अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनले सम्झौताका शर्तहरू पूर्ण पालना गरेमा प्रतिबन्ध फुकुवा गर्ने जनाएको छ । तर इरानले आणविक कार्यक्रमको गतिलाई उल्टाउने भन्दै अमेरिकी प्रस्ताव अस्वीकार गरेको छ । 

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*