१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

फेरी थपियो ६० मेगावाट बिद्युत, प्रधानमन्त्रीले सिंहदरबारको ‘वार रुम’ बाटै उद्घाटन गरे

काठमाडौं । पछिल्लो समय बिद्युत उत्पादनमा मलुकले तिब्र गति लिएको छ । लोडसेटिङबाट आजित भएका नेपालीको मुहारमा लोडसेडिङ हटेसंगै खुसी छाएको छ ।
निर्माण भैरहेका जलबिद्युत परियोजनाहरु धमाधम उद्घाटन तथा राष्ट्रिय प्रशारण लाईनमा जोडिन थालेका छन् ।
उद्योग धन्दा तथा कलकारखाना नियमित सञ्चालनका लागि प्रयाप्त बिद्युत उपलव्ध भए पछि उद्योग सञ्चालक हर्षित भएको बताउँछन् । पुर्ण रुपमा उद्योग धन्दा सञ्चालनमा आउनु भनेको नेपाल बिस्तारै आत्मनिर्भर तर्फ जानु रहेको र यसको श्रेय नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई गएको समेत उनिहरुको भनाई छ ।
गत सोमबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले ६० मेगावाटको त्रिशूली थ्री ‘ए’ जलविद्युत परियोजनाको उद्घाटन गरेका छन् ।
परियोजनाको प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित ‘वार रुम’ बाट स्वीच थिचेर उद्घाटन गरे । भने निर्माणस्थल नुवाकोटको किस्पाङ गाउँपालिका सिम्लेमा पुगी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, अर्थमन्त्री डा. युवराज खतिवडा, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रुपमा उद्घाटन गरे ।

उद्घाटन पश्च्यात प्रधानमन्त्री ओलीले ‘सुखी नेपाली सम्बृद्ध नेपाल’ को नाराले अव सार्थकता पाएको बताए । यो परियोजनाको शुरुवात संगै अव नेपालीले अध्यारोमा बस्ने दिन सकिएको उल्लेख गरे ।
प्राधिकरणको लामो प्रयास र मिहेनत पछि ६० मेगावाट क्षमताको आयोजना सम्पन्न गर्न आफुहरु सफल भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
पछिल्लो समय लोडसेडिङ घटाउन प्राधिकरणले भारत संग खरिद गर्दै आएको बिद्युतमा कटौती गर्न थालेको छ । नेपाललाई पुग्ने पुर्णरुपमा बिद्युत नेपालमै उत्पादन भएपछी बाहिय मुलुकवाट खरिद गर्ने प्रकृया बन्द गरिने कार्यकारी निर्देशक घिसिङको भनाई थियो ।
नेपालले अवको केहि वर्षमै बिद्युत बाहिय मुलुकलाई बेच्ने लक्ष्यका साथ प्राधिकरण अगाडी बढेको समेत निर्देशक घिसिङले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*