१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

फागुन १९ देखि बुटवलमा राष्ट्रिय खुला लोक दोहोरी रनिङशिल्ड प्रतियोगिता

१७, फागुन, रुपन्देही, ।  पाँचौं राष्ट्रिय खुला रनिङशिल्ड लोक दोहोरी प्रतियोगिता तथा सांंस्कृतिक महोत्सव बुटवलमा हुने भएको छ । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजना र रुपन्देही शाखाको सह आयोजनामा पहिलोपटक राजधानी बाहिर बुटवलमा प्रतियोगिता हुन लागेको हो । 

आयोजकले आज बुटवलमा पत्रकार सम्मेलन गरी फागुन १९ देखि २५ गतेसम्म बुटवल मण्डपमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएका छन् । प्रतियोगिताका लागि अहिलेसम्म ४८ समूहले नाम दर्ता गरेका छन् । 

महोत्सवमा १२० स्टलसमेत रहने छन् । प्रतियोगितामा पुरुष-पुरुष वा महिला-महिलाले पनि दोहोरीमा भाग लिन सक्ने व्यवस्था गरिएको छ । महोत्सवमा प्रवेशको लागि विद्यार्थीलाई रु ३० र अन्यको लागि ५० को टिकट बनाइएको छ । 

एक हप्तासम्म सञ्चालन हुने कार्यक्रमको लागि रु ४९ लाख खर्च हुने र आम्दानी रु ५० लाखको हाराहारीमा हुने अनुमान गरिएको प्रतिष्ठानका अध्यक्ष दीपक गरौजाले बताउनुभयो । कार्यक्रममा राष्ट्रिस्तरमै ख्याति कमाएका कलाकारका साथै स्थानीयस्तरका लोकदोहोरी कलाकारको जमघट हुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सल्लाहकार खिमबहादुर हमालले जानकारी दिनुभयो । 

प्रतियोगितामा प्रथम पुरस्कार रु दुई लाख, द्वितीय पुरस्कार रु एक लाख २० हजार, तृतीय पुरस्कार रु ७० हजार, सान्त्वना पुरस्कार रु ३५ हजार र उत्कृष्ट गायक र गायिकालाई रु १५-१५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । 
(रासस)

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*