७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

प्रवर्द्धनको पर्खाइमा बाजुराको बिरे झरना

संगिता तिमिल्सेना
(बाजुरा) । झण्डै डेढसय मिटर माथिबाट निरन्तर दिन रात झरिरहन्छ बिरे झरना । टाढाबाट सिमलको भुवा खसे जस्तै देखिन्छ । बेला बेलामा सप्तरंगी इन्देणी पनि । तल तिर बाजुरा जोडने मुख्य सडकमा दर्जनौ गाडी आफ्नै गतिमा दौडन्छन् । झरनाको नजिक पुग्दा गाडीमा सवार सवैका आँखा एक पटक झरना तर्फ आक्रसित हुन्छन् । मन लोभ्याउने बिरे झरनाको गाडी रोकेर भए पनि दैनिक तस्बीर तथा सेल्फी खिच्नेको कुनै कमि छैन ।
बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट ६ किलोमिटर उत्तर पर्छ बिरे खोला । त्यसैको काखबाट झर्छ बिरे झरना । बिरे खोलाबाट झरेकै कारण बिरे झरना नामांकन भएको स्थानीय बासी बताउँछन् ।
पछिल्लो समय सड्कको पहु“च पुगे संगै बिरेखोला झरना प्रर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । करीब डेढ सय मिटर अग्लो स्थानबाट झरेको खोलाको मध्य भागबाट झर्ने झरनाको मनोरम दृश्य हेर्ने आन्तरिक प्रर्यटकहरु बढि देखिन्छन् ।
बाजुराका स्थानिय पहाडी सडकमा आवत जावत गर्न सार्वजनिक बस तथा जीप गुड्छन् ।
सदरमुकाम मार्तडीबाट गाडिमा २० मिनेटमै बिरे खोला झरना पुग्न सकिन्छ । पैदल हि“डेर जा“दा झण्डै एक घण्टा लाग्छ ।
छोटो समय र रमाइलोका लागि बिरे खोला झरना बाजुराकै उत्कृष्ट गन्तव्य हो । बाजुरा जिल्ला बाहिरबाट आउने प्रर्यटकको लागि छिमेकी जिल्ला अछामबाट पक्की सडक छ । उता बझाङ्गबाट कच्चि सडक हुदै त्यस स्थान सम्म पुग्न सकिन्छ ।
मार्तडी जोडने सडकबाट माथि झरना सहजै देखिन्छ ।
स्थानीय सरकारले बिरे झरनाबारे जानकारीमूलक सूचनाबोर्ड जिल्ला प्रवेशद्वारमै राखिदिन नागरिक अगुवा तथा नेकपाका नेता काँसी विक आग्रह गर्छन् । यति गरे आन्तरिक तथा बाह्यि पर्यटकलाई प्रर्यटकिय स्थाल बिरे झरना सम्म पुग्न सहज हुने विकको बिश्वास छ ।
बाजुरा जिल्ला नेपालमा पर्यटनको सम्भावना बोकेको जिल्ला मध्य एक मानिन्छ । त्यस मध्य बिरे झरना बाजुरालाई चिनाउने तथा आन्तरिक र बाहिय प्रर्यटक भित्र्याउन सक्ने सम्भावना बोकेको छ । जिल्लामा बडिमालिका, कालाजग्रा गुफाताल, पोरखे गडी, लगायत अन्य लोभ लाग्दा पर्यटकिय स्थल पनि रहेका छन् ।
प्रर्यटकिय स्थालसम्म पुर्याउने प्रयाप्त बाटो नहुँदा बाजुरा जिल्लामा रहेका ‘बिरे खोला झरना’ जस्ता प्रर्यटक स्थल गुमनाम जस्तै बनेको स्थानीय सुरज बडुवालले गुनासो गरे । बडुवालले प्रचार–प्रसार र प्रर्बद्धन हुन नसक्दा झनै बिरे झरना ओझेलमा जस्तै परेको बताए ।
बाजुरा आवत जावत गर्ने धेरै जसो आन्तरिक प्रर्यटकले बिरे झरनाको प्रसंसा गर्ने गरेको स्थानियहरु बताउँछन् ।
पछिल्लो समय बिदाका दिन तथा साथी भाई झरनाको दृश्य हेर्न, तस्बीर खिच्न एवं पिकनिकका लागि बिरे झ्रना पुग्ने संख्यामा बृद्धि भएको छ ।
पहिलेको भन्दा आफ्ना होटेल तथा पसलमा बिक्री बढ्न थालेको भन्दै स्थानिय होटल व्यावसायीहरु खुसी समेत व्यक्त गर्दछन् ।
बडिमालिका नगरपालिकाको वडा नम्बर ८ र ९ को सिमानामा अवस्थित यस झरना यस क्षेत्रकै पर्यटकीय आर्कषणको केन्द्र रहेको बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्याल बताउँछन् ।
सरकारले नेपाल भ्रमण बर्ष २०२० मनाईरहँदा यसको संरक्षण र प्रचार प्रसारमा ध्यान दिन आवश्यक रहेको समेत अर्यालको भनाई छ ।
बाजुरामा बिरे झरना संगै सेलाघाट लगायत त्यसको वरपर साना झरनाहरु पनि संरक्षणको पर्खाईमा छन् । त्यस्ता साना झरनाहरुले बाजुराको सौन्दर्य बढाउन झनै सहयोग पुर्याएको छ ।
बिरे खोला झरना भन्दा माथि फडिल्लामा गहिरो गल्छि छ । गल्छिले त्यस क्षेत्रको अवलोकनमा अझ आकर्षण बढाएको छ ।
प्रर्यटन बर्ष २०२० लाई मध्यनजर गर्दै बडिमालिका नगरपालिकाले त्यस क्षेत्रको पर्यटन  प्रवर्द्धन गर्ने बिशेष सोच बनाएको नगरप्रमुख पदम बडुवालले बताए ।
यस क्षेत्रको पर्यटकीय स्थलहरुको अनुगमन तथा पहिचाहन गरी बिभिन्न किसिमका कार्यक्रम संचालनमा ल्याउँदै बाजुरालाई प्रर्यटकीय गन्तव्यका रुपमा मुलुक भरी चिनाउने योजनामा आफुहरु रहेको समेत बडुवालले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*