११ बैशाख २०८१, मंगलवार  |  23 April 2024,Tuesday
Ad

प्रधानमन्त्रीद्वारा स्व. अधिकारी सहित सातै जना प्रति भावपुर्ण श्रद्धाञ्जली : स्व. अधिकारीको शव आजै गृह जिल्ला लगिने

१७, फाल्गुन,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व.रवीन्द्र अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन । काठमाडौको टुडिँखेलमा राखिएको स्व. अधिकारी सहित सातै जनाको पार्थिव शरीरमा प्रधानमन्त्री ओलीले भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे ।
काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटना हुँदा सबैको निधन भएको थियो ।
दुर्घटनामा निधन भएका सबैको शव हिजो अपराह्न काठमाडौँ ल्याई श्रद्धाञ्जलिका लागि शुक्रबार (आज) टुँडिखेलमा राखिएको छ ।
नेकपाका अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका छन । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहेका मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाए श्रद्धाञ्जली अर्पण गरे ।
मृतक सातै जनाको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा एवं मन्त्रीहरुले पनि श्रद्धाञ्जलि अर्पण गरे ।


स्वर्गीय अधिकारीको गृहनगर पोखरामा अन्तिम संस्कार गरिने
स्वर्गीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम संस्कार गृहनगर पोखरामा गरिने भएको छ । अधिकारीसहित दुर्घटनामा ज्यान गुमाएका ७ जनाको टुँडिखेलमा सामूहिक रुपमा श्रद्धाञ्जलि सकिएपछि अधिकारीको शव अन्तिम संकारका लागि पोखरा लगिने बताइएको छ ।
अधिकारीको अन्तिम संस्कारअघि पोखरामा पनि श्रद्धाञ्जली कार्यक्रम गरिने भएको छ । काठमाडौंमा श्रद्धाञ्जली कार्यक्रम सकिएपछि शुक्रबार (आजै) दिउँसो १२ बजे पछि पार्थिव शरीर पोखरा लगि शवयात्राका साथ अन्त्येष्टि गरिने छ । अधिकारीको पार्थिव शरीर अन्त्येष्टिअघि अन्तिम श्रद्धाञ्जलीका लागि पोखराको प्रदर्शनी केन्द्रमा राखिनेछ । पोखरा र गण्डकी प्रदेशकै नागरिकले अधिकारीलाई श्रद्धाञ्जली दिन पाउने गरी प्रदर्शनी केन्द्रमा राख्ने व्यवस्था मिलाइएको छ
स्व. अधिकारीको रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । बुधबारको मन्त्रिपरिषद् बैठकले उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।
काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*