१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित

काठमाडौं । रिक्त प्रतिनिधिसभाको सभामुख पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् ।
सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका सापकोटाको बाहेक सभामुखमा अन्य कसैको पनि उमेदवारी नपरेपछी उनि निर्बिरोध निर्वाचित भएको हुन् ।
आइतबार (आज) बसेको संसद बैठकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुख बनाउन गरेको प्रस्तावमा नेकपाका देवप्रसाद गुरूङ, ओनसरी घर्ती र राजपाका लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र समाजवादी पार्टी लागाएत कसैले पनि उमेदवारी नदिए पछि सापकोटा निर्बिरोध निर्वाचित भएका हुन् ।
जेष्ठ सदस्यको हैसियतले बैठकको अध्यक्षता गरेका राष्ट्रिय जनता पार्टीका संसदीय दलका नेता महन्थ ठाकुरले सापकोटालाई निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी अभियोगमा थुनामा परेपछि रिक्त सभामुख पदमा सपकोटा निर्वाचित भएका हुन् ।
यस अघिका बैठकमा सभमुखको जिम्वेवारी उपसभामुख शिवमाया तुम्वहङफेले सञ्चालन गर्दै आएकी थिईन । सभामुखमा नेकपाले सापकोटालाई उमेदवारी बनाउने निर्णय गरेपछि तुम्वाहङ्फेले पनि पदबाट राजिनामा दिएकी थिइन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*