१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

नेपाल र भारत वाणिज्य सचिवस्तरीय बैठक आज

नेपाल र भारत वाणिज्य सचिवस्तरीय बैठक सोमबार बस्ने भएको छ । भिडियो कन्फरेन्समार्फत हुन लागेको बैठकमा मुख्यतः व्यापार सन्धि पुनरावलोकन, लगानी प्रवर्द्धनलगायत विषय मुख्य एजेन्डामा छन् ।

हरेक वर्ष हुने वाणिज्य सचिवस्तर बैठक यसपटक भिडियो कन्फरेन्समार्फत सोमबार हुन लागेको हो । मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले वाणिज्य सचिव वैकुण्ठ अर्यालको संयोजत्कवमा हुने बैठकमा व्यापार सन्धि पुनरावलोकन, दुई देशबीचको लगानी प्रवर्द्धन, ट्रेड एन्ड ट्रान्जिटका विषयमा छलफल हुने बताइन् ।

यीबाहेक बोर्डर ट्रेडको पूर्वाधार निर्माण र सहजीकरण, ज्वाइन्ट बिजनेस फोरम निर्माणका विषयमा पनि छलफल हुने जनाइएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*