१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

नेपालको वायु गुणस्तर जोखिमपुर्ण : मंगलवार देखि विद्यालयहरु ४ दिन बन्द हुने

विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सरकारले ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भोली मंगलबारदेखि ४ दिन सम्म देशभरका सम्पूर्ण शिक्षण संस्थामा बिदा दिने निर्णय गरेको हो ।
शुक्रबारदेखि काठमाडौं सहित देशभरको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) अत्यधिक बढेपछी सरकारले यस्तो निर्णय गरेको हो ।
सरकारी निर्णय अनुसार यहि चैत १७ देखि २० गते लगातार ४ दिन सामुदायिक तथा संस्थागत शिक्षण संस्था बन्द हुनेछ ।
तर सरकारले पूर्वनिर्धारित परीक्षाहरू भने यथावत सञ्चालन हुने निर्णय गरेको छ
विश्व स्वास्थ्य संगठनले एक्यूआई ३ सय भन्दा बढी हुनुलाई ‘घातक’ भनेको छ । पछिल्लो समय काठमाडौं उपत्यकाको वायुको गुणस्तर सूचकांक जोखिमतह सम्म पुगिसकेको वातावरण विभागको वायू गुणस्तरमापन केन्द्रको भनाई छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*