१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

एमालेले १४ जना सांसदलाई हटाउन संसद सचिवालयलाई पत्राचार गर्यो

नेकपा एमाले पार्टीको निर्देशन र सनुशासन उल्लंघन गरेको भन्दै १४ जना सांसदलाई पदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको छ ।
एमालेको संसदीय दलको बैठकले माधव नेपाल समुहले पार्टी फुटाउन लागेको भन्दै सांसद पदबाट हटाउने गरी पत्राचार गर्ने निर्णय भएको श्रोतले बताएको छ ।
सांसद पदबाट हटाउन पत्राचार भएका सांसदहरुमा माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु रहेका छन् ।
त्यस्तै विरोध खतिवडा, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरीको पनि नाम रहेको संसद सचिवालयले पुष्टि गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*