१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

निषेधाज्ञा थपियो, बिहीबार राति ८ बजे देखि गाडी चलाउन नपाईने

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले निषेधाज्ञालाई थप कडाई बनाउँदै लैजान थालेको छ ।
उपत्यकाका तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको (आज) मंगलबारको बैठकले कोरोनाको संक्रमणको दरलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बिहीबार राति आठ बजे देखि उपत्यकामा अतिआवश्यक बाहेकका सवारी साधन चलाउन निषेध गरेको छ ।
रातिको समयमा होटेल, रेष्टुरामा खानेहरुको संख्या तथा भिडभाडका कारण कोरोना संक्रमण बढेको भन्दै यस्तो निर्णय गरिएको ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।
यस अघि थपिएको निषेधाज्ञा भोलि बुधबार सकिन लागेको र बिहीबार राति देखि सवारी साधान चलाउन नपाउने सहितको निषेधाज्ञा थप गरिएको छ । थप गरिएको यो निर्णय भदौं ८ गते सम्म लागुहुने प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।
निषेधाज्ञाको अन्य निर्णय पुरानो साबिककै लागुहुने छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*