१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

नागरिकता सम्बन्धी अध्यादेश जारी

नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मसिद्धका आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिन मिल्ने गरी अध्यादेश जारी गरेकी हुन् ।
यस अघि व्यवस्थामा जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने थियो ।
२ वर्षभन्दा अघिदेखि प्रतिनिधिसभामा छलफलमा रहेको नागरिकतासम्बन्धी विधेयक सरकारले संसद विघटन गरेपछि अध्यादेशको रुपमा ल्याएको हो ।
बिशेष गरि मधेसकेन्द्रित दललाई खुसी पार्न उनिहरुको मागअनुसार प्रधानमन्त्री ओलीले नागरिकता सम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराएको बिपक्षी दलहरुको आरोप छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*