७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

नाइजेरियामा सेनाको कारबाहीमा परि बोको हरामका सयौं लडाकु मारिएको दावी

नाइजेरियामा सेनाको कारबाहीमा परी बोको हरामका सयौं लडाकु मारिएका छन् । नाइजेरियाको उत्तरी बोर्नो राज्यमा सेनाको कारबाहीमा परी बोको हरामका लडाकु मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । नाइजेरियाको ताम्बुनगिनीमा बोको हरामका लडाकु लुकेर बस्ने गरेको सूचनाका आधारमा सेनाले कारबाही गरेको हो ।

उनीहरूले सो क्षेत्रमा सञ्चालन गरिरहेको हिंसात्मक क्रियाकलापको सूचनाका आधारमा सेनाले हवाइ कारबाही गरेको थियो । नाइजेरियाको सेनाले कारबाहीमा बोको हरामका लडाकु माएिको बताएपनि संख्या खुलाएको छैन ।

बोको हरामले नाइजेरियाको उत्तरी बोर्नो राज्यमा सन २००९ देखि नै हिंसात्मक क्रियाकलाप गर्दै आएको नाइजेरियाली सरकारको आरोप छ । सो क्षेत्रमा उनीहरुले इस्लामिक स्टेटलाई स्थापित गर्न खोजेकोे भए पनि सरकारको पटक–पटकको कारबाहीका कारण सम्भव हुन नसकेको नाइजेरियाली सरकारको दावी छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*