११ बैशाख २०८१, मंगलवार  |  23 April 2024,Tuesday
Ad

धुर्मुस सुन्तलीद्वारा रंङ्गशाला निर्माणमा रु १ लाख बढि सहयोग

३०, फाल्गुन, काठमाडौं । चर्चित हाँस्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले आफ्नी छोरीको जन्मदिनको आवसर पारेर गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका आर्थिक सहयोगको घोषणा गरेका छन् ।
बिहिवार (आज) बिहान एक स्ट्याटस लेखेर धुर्मुस, सुन्तलीले आफ्नो छोरी सुबिहानी कट्टेलको जन्मदिनको अवसरमा १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोगको घोषणा गरेका हुन् ।
छोरीको जम्म दिनको अवसरमा धुर्मुस सुन्तलीले कुनै बिशेष कार्यक्रमको आयोजना नगरी रङ्गशाला निर्माणलाई सहयोग गरेको हुन् । स्ट्याटसमा लेखेका छन् प्यारी छोरी सुबिहानीको जन्मदिनको अवसरमा आफुहरुले निर्माणाधिन रङ्गशालाका लागी सहयोग गर्न चाहान्छौं’ त्यसैले ‘हाम्रा हरेक बिशेष अवसरलाई यसरी नै समाजसेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामा बन्ने छ ।
छोरी जन्मिएको ८ महिना देखि निरन्तर सामाजिक काममा अघि बढेका धुर्मुस सुन्तले आफ्नी छोरीसंग धेरै समय बिताउन पाएको बताउँछन् ।
अहिले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को फिल्डको काम भईरहेको छ । केही समयमै रङ्गशालाको डिपिआर र डिजाईनको काम सम्पन्न हुने धुर्मुस सुन्तलीले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*