८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

दुई तिहाईको सरकारले काम गर्न सकेन : राजेन्द्र महतो

२९, चैत्र, काठमाडौँ । राजपा नेपालका नेता राजेन्द्र महतोले दुई तिहाई सरकारले जनताको काम गर्न नसकेको बताएका छन् ।
११ विद्यार्थी संगठनले शुक्रबार (आज) काठमाडौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महतोले प्रधानमन्त्रीको उखान टुक्काले देशमा समृद्धि नआउने बताएका हुन् ।
बर्तमान सरकारले मुलुकमा सुशासन कायम गर्न नसकेको भन्दै नेता महतोले पहिचाहनका लागि आन्दोलन गर्दा रमेश चौधरीलाई जेलमा कोचिएको आरोप लगाए । बिद्यार्थीलाई सम्बोधनका क्रममा पुर्व मन्त्री समेत रहेका नेता महतोले सरकार प्रति कटाक्ष गर्दै भर्र्र्ने होस गरेर मात्रै आन्दोलन् गर्नुस अन्यथा गडबडी हुन सक्छ” ।
जनतामा रहेका व्याप्त समस्यालाई समाधान गर्न सरकार उदासिन देखिएकाले आन्दोलनको बिकल्प नभएको उनको भनाई थियो । सरकारले देश विखण्डनको माग गर्ने सिके राउत संग दोस्ती गरेर मधेस पठाएको आरोप लगाउँदै नेता महतोले आफुहरुले शुक्रबारबाट आन्दोलनको टेलर समेत सुरु गरेको बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*