८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

दुई टुक्रा भएको नेकपाका दुवै समुहको बैठक आज


दुई टुक्रा बनेको सत्तारुढ नेकपाका दुवै समूहको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली समूहको बैठक बालुवाटारमा बस्नेछ । ओली पक्षको मंगलबारको बैठकले पार्टीको विधान संशोधन गरी प्रवक्ता परिवर्तन गरेको थियो ।

कार्की बैंक्वेट बबरमहलमा बस्ने पुष्पकमल दाहाल –माधव नेपाल पक्षको बैठकले दुई अध्यक्षको वरीयता तोक्ने गरी छलफल र निर्णय हुने अपेक्षा गरिएको छ ।

दाहाल –नेपाल पक्षको मंगलबारको बैठकले पार्टी अध्यक्षबाट केपी ओलीलाई हटाएर माधव नेपाललाई नियुक्त गरेको थियो । आजको बैठकले पार्टी बैठक आलोपालो गरी सन्चालन गर्ने र अरु पदाधिकारी चयन गर्नेबारे छलफल हुने बताइएको छ ।

आ–आफ्नो आधिकारिकता र चुनाव चिह्न सूर्यमा दावी गर्दै दुवै पक्षले यसअघि नै निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*