१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

दर्शक स्रोताको मन जित्दै जनक बिवस न्यौपानेको आधुनिक गीतले ।

पछिल्लो समय सुगम संगीतमा दरिलो स्थान बनाएका गायक जनक बिवस न्यौपानेको ”पहिलो चोटि तिमीलाई ” बोलको गीत हालै सार्वजनिक भएको छ ।
गायक न्यौपानेको स्वर, संगीत रहेको गीतको शब्द हर्कमान गुरुङले लेखेका छन् ।
चर्चित मोडेल सनम कठायत र रश्मि बर्तोलाको अभिनय रहेको गीतले छोटो समयमै दर्शक, स्रोताको मन जित्न सफल भएको छ ।
बाल्यकाल देखि सुगम संगीत प्रति रुचि राख्ने न्यौपानेले अहिले सम्म दजैनौ सुगम गीतहरु स्रोता माझ ल्याई सकेका छन् । शव्द, संगीत तथा गायन तिन वटै बिद्यामा दख्खल राख्ने न्यौपाने पछिल्लो समय आफ्नो एकल एल्वंमको तयारीमा रहेको बताउँछन् ।
सुगम संगीत भने पछि भोक प्यास बिर्सने न्यौपानेले आफ्नो जिवन भर सुगम संगीतको उत्थानको लागि समय खर्चने बताउँछन् ।

पुरा भिडियो हेर्नुहोस् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*