१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा चालिसे

दाङको तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रामप्रसाद चालिसे विजयी भएका छन् । प्रगतिशील प्यानलबाट उम्मेदवारी दिएर अध्यक्षमा निर्वाचित चालिसेले ८२९ मत पाए । नेकपा देशभर विभाजित अवस्थामा पुगेको बेला तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनमा भने सिंगो नेकपा संयुक्त प्यानल बनाएर प्रजातान्त्रिक समूहसँग चुनाव लडेका थिए । ओली निकट चालिसेले अर्का प्रत्यासी हिमाल बस्नेतलाई ३४ मतले हराए ।

यसैगरी वाणिज्य उपाध्यक्षमा तत्कालिन माओवादी निकट मिनराज भण्डारी र खुला उपाध्यक्षमा तत्कालिन एमाले निकट रुपबहादुर खत्री विजयी भएका छन् । उद्योग उपाध्यक्ष पदमा भने प्रजातान्त्रिक प्यानलका ललितजंग शाह विजयी भएका छन् । उनले ८६० मत पाए । उनका निकटतम प्रतिस्पर्धी यज्ञबहादुर केसीले ७ सय १८ मत पाए । वाणिज्य उपाध्यक्ष निर्वाचित तत्कालीन माओवादी निकट भण्डारीले ९७१ मत पाएका छन् । उनका प्रतिस्पर्धी गोकर्ण गिरीले ६०३ मत पाए ।
महासचिव विनिल केसी १ हजार ५० मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी केशवराज केसीले ५०७ मत ल्याए । विनिल र केशवराज दुवै प्रजातान्त्रिक समूहबाट उम्मेदवारी दिएका थिए । सचिवमा खुसलराम शर्मा ६२२ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी वेदप्रसाद ओलीले ३२७ मत पाए ।

सचिव पदका लागि एक महिलासहित चार जना उम्मेदवार प्रतिस्पर्धामा थिए । कोषाध्यक्ष पदमा देवबहादुर केसी १ हजार ५५ निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेस निकट भए पनि पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । केसीले पदाधिकारीहरुमध्ये सबैभन्दा धेरै मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसकै डिलबहादुर ओलीले ४६८ मत पाए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*