११ बैशाख २०८१, मंगलवार  |  23 April 2024,Tuesday
Ad

झिलिमीली भयो सिन्धुलीको फिक्कल गाउँपालिका


१०, फाल्गुन, सिन्धुली । यहँको फिक्कल गाउँपालिका–६ रत्नावतीका २०० घरका स्थानियवासी यतिबेला घरमा बिजुली बलेपछि दंग छन । स्थानीय खोलाबाट लघु जलविद्युत् आयोजनामार्फत निकालीएको बिजुली बाल्न पाउँदा आफुहरुको खुसिको सिमै नरहेको स्थानियबासी बताउँछ । केटा केटिले बेलुका मट्टितेलको टुक्कि बालेर पढनु पर्ने बाध्यता हटेको छ । बिजुली बाल्छन पढछन् । आफुहरुको गाँउनै उज्यालो भएको महसुस भएको स्थानिय बासीको भनाई छ ।

साउ खोला जलविद्युत आयोजनाका अध्यक्ष धनबहादुर कार्कीका अनुसार रत्नावती गाविसको ६, ७, ८ र ९ नं वडाका २०० घरधुरीकालागि विद्युत् सुविधा विस्तार भएको छ । आफ्नै गाँउको १३ किलोवाट र १८ किलोवाटका दुईवटा लघुजलविद्यु परियोजनाबाट गाउँ झिलिमिली बनेपछी गाँउलेहरु हर्षित बनेका अध्यक्ष कार्कीको भनाई छ । २०० घरमा नै विद्युत् मिटर जडान गरिसका छाँै, बिद्युत जडान गरिएका हरेक घरवाट प्रतिमहिना रु १५० र प्रतियुनिट रु ३० लिने गरेका आयोजनाका अध्यक्ष कार्कीले जानकारी दिए ।
अहिले उक्त आयोजनाको रेखदेख गर्न र बिजुलीको महशुल उठाउन दुई जनाले रोजगारी समेत पाएका छन् । कार्कीले भने स्थायिनबासीको सुविधालाई मध्य नजरगरि दिउँसोको समयमा विद्युत्को सदुपयोग गर्दै कुटानी पिसानीको मिल सञ्चालन गर्ने लक्ष्य राखेका छौ । अध्यक्ष कार्कीले भने विद्युत वाल्न पाउने आशले स्थानियबासीले रु ३० लाख बराबरको श्रमदान गरे यहाँका १९० घरले प्रतिघर रु पाँच हजार पाँच सयका दरले उठाएको रकमबाट आफुहरु गाउँलाई झिलिमिली वनाउन सफल भएका हौ ।

त्यस्तै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको प्रतिकिलोवाट रु चार लाखका दरले ७२ लाख, सङ्घीय सांसद गणेशकुमार पहाडीको संसदीय कोषबाट रु छ लाख, फिक्कल गाउँपालिकाको रु पाँच लाख र जनश्रमदान गरी रु एक करोड २७ लाखको लागतमा आयोजना निर्माण भएको छ । २०७१ सालबाट शुरु गरिएको आयोजना निर्माण गर्न झण्डै पाँच बर्षलागेको इञ्जिनीयर सञ्जीव उपाध्यायले जानकारी दिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*