१२ बैशाख २०८१, बुधबार  |  24 April 2024,Wednesday
Ad

चिनियाँ कम्युनिस्ट पार्टीको टोली र कांग्रेसका सभापति देउवाबीच भेटवार्ता


नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको छ । चिनियाँ टोलीले देउवा निवास बुढानिलकण्ठ पुगेर उहाँसंग भेटवार्ता गरेको देउवाको सचिवालयले जानकारी दिएको छ ।

नेकपा विभाजनमा गएपछि राष्ट्रपति सी जिनपिङको सन्देश लिएर सो टोली आएको बुझिएको छ ।

यसअघि, आइतबार विशेष विमानबाट नेपाल आएको सो टोलीले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल एवं जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईसँग भेट गरिसकेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*