१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

कोभिड-१९ ले नेपाली पेटलाई दिएको नयाँ सन्देश

शर्मिला डि.सी.
दाङ । कोभिड-१९ले नेपाली भिरपाखा तथा खेतबारी हरियाली बनाउन प्रेरणा दिन थालेको छ ।
मानब मानब संग नै डराउनु पर्ने महामारीको यो समयमले नेपालीलाई स्वरोजगारका लागि पुनः खेति किसानीमा लाग्न उत्प्रेरणा सहितको नयाँ सन्देश दिएको हो ।
बिश्वलाई नै हैरान पारेको कोरोना भाईरसले बैदेशिक रोजगारीबाट कमाएको धन मात्र सवै थोक हैन, आफ्नै नेपाली घर आँगन र खेतबारीमा अन्न उव्जाएर परिवार संग रमाउँदै जिवन बिताउन पाउनु सवै भन्दा ठुलो कुरा रहेछ भन्ने प्रमाणीत गरिदिएको छ ।
खेतबारी प्लटिङ गरेर धेरै धन कमाउने सपना देख्नेहरु लाई त झन् यो महामारीले ठुलै झट्का दिएको छ ।


उब्जनी जमिन मासेर धन कमाउने उदेश्य बोकेका नेपालीले परनिर्भरताको अबस्थालाई बुझेर धेरै धन कमाउनु भन्दा आत्मनिर्भर भएर शान्तिको जिवन जिउनु उत्तम बिकल्प रहेको सन्देश दिएको हो ।
यो संकटको घडीमा उत्पादित बस्तु प्रयाप्त उत्पादन गर्न नसक्दा निर्यात गर्ने देशहरुले पनि खाद्यान्न जस्ता जिवन बचाउने अत्यावश्यक बस्तु आफ्ना देशका नागरिकलाई मध्यनजर गर्दै निर्यातमा रोक लागउन थालेका छन् ।
हो त्यसैको प्रभाव किनेर खाने बानी परेका र बिलासी जिवनमा रमाउदै आएका नेपालीलाई राम्रै सवक सिकाउँदै छ । थोरै करेसा बारीमा तरकारी रोपेर वा दई चार बोट मकै रोपेर एक छाक भए पनि जोह गर्नु पर्ने नत्र भोकै बस्नु पर्ने छ भन्ने कुराले मस्तिष्कमा ल्कि गर्न थालेको देखिन्छ ।


सधै बैदेशिक रोजगारीलाई धनकमाउने अन्तिम गन्तव्य मान्ने नेपालीहरु अहिले गाउँ घरका खेतबारीमा धमाधम काममा बेस्त देखिन्छन् । त्यो कार्य भोको पेटकालागि नेपालीलाई कोभिड १९ले अन्तिम बिकल्पको स्वरुप बनाएर उभाईदिन थालेको हो ।
त्यसो त यस बर्ष कोभिड १९ले बाँझा रहेका नेपाली खेतबारीमा उल्लेख्य खेतिपाती भएको समाचारहरु बहिर आउन थालेका छन् ।


यस बर्ष मौषमले पनि राम्रै साथ दिएकोले र उल्लेख्य मात्रामा खेतिपाती भएकोले पनि नेपालमा उव्जनी बढ्ने अनुमान गरिएको छ ।
बिभिन्न जिल्ला स्थित कृषि सम्वन्धी कार्यालयहरुले यो बर्ष नेपालमा खाद्यान्न उत्पादन बढ्ने बताउन थालेका छन् ।
नेपालको अन्न भण्डारको रुपमा चिनिएका तराईका सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, दाङ, बाँके, बर्दिया लगाएतका अधिकाँस खेतहरुमा धान रोपार्इँ भएका छन् ।


यस वर्ष दाङ जिल्लामा मात्रै भण्डै ३५ सय हेक्टरले धान खेतिमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र दाङले बताए अनुसार कोरोना संक्रमण नियन्त्रण गर्न भएको लकडाउनका कारण पनि दाङमा धान खेती बढेको केन्द्रका प्रमुख सन्देश धिताल बताउँछन् ।
रोजगारको शिलशिलामा जिल्ला छाडेर अन्यत्र गएका धेरै मानिस घर फर्किएर कृषि पेशा अंगालेकाले पनि धान खेतीमा वृद्धि भएको प्रमुख धितालको भनाई छ ।
बिगत १५ वर्षदेखि बाँझो दखिने दाङको तुलसीपुर उप–महानगरपालिका रावतगाउँका मोहन धितालले आफ्ना खेतबारीमा अहिले खेति भएको देख्दा खुसी लागेको बताउँछन् ।


“गाउँ घरमा महिला मात्रै हुन्थ्य, पुरूष भेटिदैनथे, कसरी खनजोत गरी खेतीपाती लगाउनु भन्ने समस्या पर्थ्यो” “तर अहिले गाँउ घरमा सवैले खेति गर्न थालेका छन्” धिताल सुनाउँछन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*