१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

कुमारी बैंकद्धारा ८ वटा नयाँ शाखा विस्तार


काठमाडौं उपत्यकाभित्र तथा बाहिर गरी कुमारी बैंकले ८ नयाँ शाखा विस्तार गरेको छ । काठमाडौंस्थित नयाँपाटी, बाफल, मैतीदेवी, मालिगाउँ, नरेफाँट, पानीपोखरी र खुसिबुँमा बैंकले शाखा विस्तार गरेको हो ।

सो बैंकले उपत्यका बाहिर मोरङस्थित बेलबारीमा पनि शाखा सञ्‍चालनमा ल्याएको जनाएको छ ।

बैंकले सो क्षेत्रका व्यवसायी, उद्यमी तथा सर्वसाधारणलाई सहज रुपमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले शाखा विस्तार गरेको जनाएको छ ।

बैंकले १ सय ८७ वटा शाखा, १ सय ५२ वटा एटीएम तथा १३ वटा एक्सटेन्सन काउन्टर र २३ वटा शाखाविहीन युनिटमार्फत सेवा दिइरहेकामा थप ८ वटा शाखापश्चात् अब बैंकको कुल शाखा सञ्जाल १ सय ९५ पुगेको जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*