१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

किसानलाई समयमै बिउ बिजन तथा मलखाद उपलव्ध गराउन सरकार संग किसान संघको माग

दाङ । नेपाल किसान संघ क्षेत्र न.३ दाङले किसानलाई समयमै बिउ बिजन तथा मलखाद उपलव्ध गराउन सरकार संग माग गरेको छ ।
संघका क्षेत्रिय अध्यक्ष चन्द्र प्रसाद चौधरीले सोमबार एक बिज्ञप्ती प्रकाशित गर्दै लकडाउनका कारण किसानले समयमै बिउ बिजन तथा मलखाद नपाएको भन्दै सरकाको ध्यान आकर्षण गराएका छन् ।
अन्न बाली रोप्ने सिजन सुरु भए पनि बन्दका कारण बिउ बिजन किन्न किसान बजार तथा सम्वन्धीत निकाए सम्म जान नपाएकोले किसानकालागि बिशेष चासो र पहल गर्न सरकार संग जोडदार माग गरिएको बिज्ञप्तीमा उल्लेख छ ।


बिज्ञप्तीमा कृषि योग्य जमिन मासिदै गैरहेको यस समयमा बाँकि बचेका जमिनलाई सदुपयोग गरि समयमै अन्न उत्पादन गर्ने वातावारण सिर्जना गरिदिन आग्रह गरिएको छ । समयमै अन्नबालि उत्पादन गर्ने अवस्था नभए त्यसले सवै भन्दा धेरै कृषकहरु मारमा पर्ने भएकोले सरकारले कृषकहरुलाई बिशेष सुबिधा र सहुलियतका कार्यक्रम ल्याउन समेत बिज्ञप्तीमा भनिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*