६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

बुधबारदेखि सुरु भएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बस्ने बैठकमा नेताहरुले आ–आफ्नो धारणा प्रस्तुत गर्नेछन् ।

उनीहरुले कांग्रेसमा दुई धार नभएको भन्दै प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय असंवैधानिक भएकाले राजनीतिक रुपमा प्रतिबाद गर्नुपर्ने बताएका थिए ।

नेपाली कांग्रेसभित्र सरकारको कदमको समर्थन र बिरोधमा दुई धार देखिएको समाचारहरु सार्वजनिक भएपछि कार्यसमितिको हिजोको बैठकमा यसबारे चर्काचर्की भएको थियो ।

कांग्रेसले पुस १६ गते मेलमिलाप दिवसका दिन प्रतिनिधिसभा विघटन बिरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*