७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

कसैले माझी गुहारे अनि कसैले विदेशमा पुगेर विरोध गर्न थाले अनि संसद विघटन गरे : प्रधानमन्त्री


प्रधानमन्त्री केपी ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले जनअपेक्षाविपरीतका काम गरेको गरेको बताएका छन्। सोमबार जनताका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। प्रतिनिधि सभा विघटन गर्ने पृष्ठभूमि पनि प्रचण्ड र नेपालले नै सिर्जना गरेको उनको आरोप छ। उनीहरुका असंगत, विकृत र जनअपेक्षा विपरितका गतिविधिले प्रतिनिधिसभा विघटन गर्ने अवस्था सिर्जना भएको उनको दाबी छ।
‘सरकारले गठनको एक वर्ष नपुग्दै विदेश गएर एउटा पुष्पकमल दाहालले अस्थिरताको संकेत गरे र अर्को माधव नेपालेले प्रधानमन्त्री देशमा नभएकाले देश डुब्न लाग्यो कोही बचाउँ भन्दै याचना गर्नुभयो,’ उनले भने।

उनले जनअपेक्षा अनुरुप अघि बढ्न नदिने काम गरिएको बताए। उनले सरकार गठनमै विलम्ब गरेर त्यसको सुरुवात गरेको बताएका छन्। उनले प्रचण्ड र माधव समूह पद सोपान र आफ्नै प्रतिष्ठामा केन्द्रित भएको बताएका छन्। उनले केही नेताहरुले आफ्नो विकृत सोचको बन्धक सरकार र संसदलाई बनाउ खोजेकाले विघटन गरेको बताएका छन्।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*