१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

कपालमा पर्ने चाया र यसको सरल उपचार बिधि ।

काठमाडौं । टाउकोमा आउने सेता साना साना कत्ला जस्तो देखिने पदार्थ नै चाया हो । टाउकोको छाला तथा कपालको बाहिरै सम्म देखिने गरी आउने चायाले मानिसलाई हैरान बनाएको हुन्छ । टाउको चिलाउनु, चाया झरेर कपडामा लाग्नु, तथा बाहिरैबाट देखिने भएका कारण कतिपय मानिसहरु चाया देखि तनाबमा हुन्छन् ।
वास्तबिक चाया हुने यकिन कारण अझैसम्म थाहा छैन । तर रुखो छाला, फंगसका कारण, सेबोरिक डर्मेटाइटिस, फोहोर टाउको, मानसिक तनाव, छालासम्बन्धी रोग, खानपान, लामो समय औषधि वा स्टेराइड सेवन जस्ता कारण टाउकोमा चाया आउने वरिष्ठ छाला रोग विशेषज्ञ डा. धर्मेन्द्र कर्णको भनाई छ ।
अधिकांस जाडो याममा छाला सुक्खा हुनुमा फंगसप्रति संवेदनशीलतासमेत हुन सक्छ । कान, अनुहार, टाउकाको छाला पहेँलो पात्रोयुक्त बन्ने स्थिति सेबोरिक डर्मेटाइटिस हो । यो समस्याले समेत चाया हुने गर्छ ।
सामान्य तयार टाउको सफा नराख्दा चाया धेरै देखिने हुन्छ । टाउको सफा नराख्दा त्यहाँ फोहोर र मृत कोषिका थुप्रिन्छन् । कतिपय अवस्थामा मानसिक तनावले पनि चाया बढी मात्रामा आएको देखिन्छ । छालासम्बन्धी रोग एक्जिमा, सोराइसिस आदिले समेत चायाको समस्या बढाउँछ ।
बजारका विविध खानेकुरा, फास्टफुड लगायतका स्वास्थ्यलाई हानि पु¥याउने खाद्य पदार्थको बढ्दो सेवनले चायाँ आउने समस्या बढाउने डाक्टरहरु बताउँछन् । लामो समयसम्म वा बढी मात्रामा औषधि र स्टेराइडको सेवनले चायाँ लगायत समस्या उत्पन्न गर्न सक्छ ।
क्यान्सरको उपचार केमोथेरापी गराइरहेकाहरू, अंग प्रत्यारोपण गराएकाहरू, एचआईभीरएड्स प्रभावित लगायत समेत चायाको समस्याबाट बढी पीडित हुने देखिएको छ ।
उपचार गर्नै बिधि
कपाललाई नियमित रूपमा सफा गर्नु नुहाउनु चायाको पहिलो र सरल उपाय हो । सातामा दुई–तीन पटक कम आयुर्वेदबाट बनेको स्याम्पु, नुहाउने गुणस्तरीय साबुन, रिठ्ठा वा सफा पानीले नै कपाल धुने गर्दा टाउकामा चाया पर्ने समस्या कम हुन्छ ।
सुक्खा छालाका कारण हुने चायामा नुहाउनुभन्दा अघि र पछि नरिबलको तेल लगाउनु धेरै फाइदाजनक देखिएको डा. कर्ण बताउँछन् । यसले पनि समस्या समाधान नभए बजारमा पाइने एन्टिडैन्ड्रफ स्याम्पुले नियमित रूपमा कपाल धुँदासमेत चायाको समस्या धेरै हदसम्म हराउँछ । विश्वासिलो कम्पनीको चाया विरुद्ध उपयोग गरिने स्याम्पु फाइदाजनक हुन सक्छ । यस्ता स्याम्पुमा जिंक पाइरिथियोन, केटो कोनाजोल, सलिसिक्लिक एसिड, सेलेनियम सल्फाइड, कोलटारमध्ये एउटा अवयव (इनग्रिडियेन्ट) हुनुपर्ने औंल्याउँदै डा. कर्ण भन्छन्, ‘स्याम्पुमा लगाउने विधि, मात्रा, पटक आदि बारे लेखिएको जानकारी पढेर त्यसैअनुसार लगाउनुपर्छ ।’ तर यस्ता स्याम्पु लगाउँदा हामीले कपालमा फिँज आउनासाथै तुरुन्त पखाल्ने गरेका छौं । यो पूर्णतः अवैज्ञानिक तरिका हो । यसले गर्दा चायाविरुद्धको गुण भएको यस्ता स्याम्पुले राम्ररी काम नगर्ने औंल्याउँदै डा. कर्ण भन्छन्, ‘कपालमा चायाविरुद्धको स्याम्पु लगाएर पाँचदेखि सात मिनेटसम्म त्यसै छोडेर त्यसपछि मात्र पखाल्नुपर्छ । यसो गरे मात्रस्याम्पुमा भएको चायाविरुद्धको अवयवले काम गर्छ ।’ उनका अनुसार हरेक व्यक्तिको कपालको प्रकृति फरकफरक हुन्छ, यसैले बजारमा पाइने जुनसुकै स्याम्पु उपयोग गर्नबाट बच्नुपर्छ । चायाविरुद्धको स्याम्पु नियमित रूपमा चार–पाँच सातासम्म लगाउँदा पनि समस्या समाधान नभए वा बढ्दै गए छाला रोग विशेषज्ञको सल्लाह लिनु आवश्यक हुन्छ । (हेल्थटुडे)

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*