८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

ओली सरकार विरुद्ध विप्लव, बैद्य, कट्टेल र आहुतिको मोर्चाबन्दी


नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित चार साना कम्युनिस्ट घटकहरुले केपी ओली सरकारको निरंकुशता, फसिवाद दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासका लागि रणनीति मोर्चा बनाउने भएका छन् ।

मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन बैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी, ऋषिराम कट्टेलको नेपाल कम्युनिस्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानकि समाजवादी कम्युनिस्ट पार्टी छन् ।

विप्लव, वैद्य, कट्टेल र आहुतीले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै रणनीतिक मोर्चाको अवधारणा, संरचना र आगामी कार्यक्रम चाडै सार्वजनिक गर्ने जनाएका छन् । उनीहरुले अहिलेको समस्याको समाधान संसद पुनर्स्थापना वा मध्यावधि निर्वाचन हुन नसक्ने ठहर पनि गरेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*