१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

ओलीवाद र ओली प्रवृतिको आयु अब सकियो : माधव नेपाल


सत्तारुढ नेकपाको पुष्पकमल दाहाल माधव नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले केपीवादको सामान्ती प्रवृतिको दिनगन्ती सकिएको बताएका छन् । आज संसद विघटनविरुद्धको सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले ओलीवाद र ओली प्रवृतिको आयु पुगेको बताए ।

अध्यक्ष नेपालले निरंकुश बाटो समातेका केपी ओलीको आयु पुगेको बताए । अध्यक्ष नेपालले भने–‘निरंकुश बाटो समेतका केपी ओली एण्ड प्रवृत्तिको आयु सिद्धियो अब ।’

बिगतमा केपी ओलीले गणतन्त्रको आन्दोलनको खिसिटिउरी गरेको भन्दै नेपालले भने– ‘बयलगाडा चढेर वासिङ्टन पुग्न सकिँदैन महामहिम केपी शर्मा ओलीजीले बोल्नुभएको थियो ।’

ओलीलाई गणतन्त्रप्रति माया नभएको नेपालले आरोप लगाए । निकै आक्रामक ढंगमा प्रस्तुत भएका नेता नेपालले भने– ‘केपी प्रवृतिको नास हुँदैछ, अब हामीले मुक्ति पाउँछौं ।’

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*