७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

ऊर्जा मन्त्री पुन र चिनियाँ राजदूत बीच भेटवार्ता : दुई देश बीच गर्न सनिके सहकार्यका विषयमा छलफल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र चिनियां राजदूत होऊ याङछीबीच आईतबार भेटबार्ता भएको छ ।
सिंहदरबार स्थित ऊर्जा मन्त्रालयमा भएको भेटवार्तामा आपसी हितमा दुई देशबीच गर्न सकिने सहयोग र सहकार्यका विषयमा छलफल भएको छ ।
भेटबार्तामा ऊर्जामन्त्री पुनले चिनियाँ राष्ट्रपति सी चिनफिङको ऐतिहासिक नेपाल भ्रमणका क्रममा नेपाल–चीनबीच एक वर्ष भित्र उर्जा र जलविद्युतको क्षेत्रमा भएको समझदारीलाई अघि बढाउने विषयमा समेत छलफल भएको बताए ।
चीन सरकारको सहयोगमा भर्खरै सम्पन्न ६० मेगावाट क्षमता भएको अपर त्रिशुली ए जलविद्युत आयोजना नेपालकालागि सौभाग्य भएको भन्दै चिन सरकारलाई धन्यबाद व्यक्त गरे ।
साथै त्यस अवसरमा मन्त्री पुनले सुनकोशी मरिन डाइभर्सन परियोजनामा चिनियां ऋण सहयोगका लागि अर्थमन्त्रालय मार्फत प्रक्रिया सु? भएकोमा खुसी व्यक्त गरे । साथै उनले त्यसलाई छिटो अघि बढाइदिन समेत चिनियाँ राजदूत मार्फत चिन सरकारको ध्यानाकर्षण समेत गराए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*