१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

आफ्नै दलको सिफारिसमा गिरीको सांसद पद खोसियो

काठमाडौं । समाजवादी पार्टी नेपालबाट प्रतिनिधी सभामा प्रतिनिधीत्व गरेकी सरिता गिरीको सांसद पद औपचारिक रुपमा खारेज भएको छ ।
गिरीकै पार्टीद्वारा साँसद पद खारेज गर्न गरिएको सिफारीस सभामुख अग्नि प्रसाद सापकोटाले स्वीकृति गरेसँगै उनको सांसद पद खारेज भएको हो ।
संसद् सचिवालयले बिहीबार जारी सूचनामा गिरीको सांसद पद औपचारिक रूपमा खारेज भएको उल्लेख गरेको छ ।


अतिक्रमित कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेश गरी बनेको नेपालको नयाँ नक्सा संसदबाट पारित गर्ने क्रममा उनकै पार्टीले जारी गरेको ह्विप गिरीले उल्लंघन गरेपछी समाजवादी पार्टी नेपालले उनलाई सांसद पदबाट हटाउने निर्णय गरेको थियो ।
केहि समय यता कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको नभएको र त्यसको यथेष्ठ प्रमाण नेपाल संग नभई नयाँ नक्सा जारि गरेको लगाएतका अभिव्यक्तिमा नेपालमा गिरीको बिरोध हुँदै आएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*