news samaya Logo
 |  20 June 2021,Sunday
Ad

अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि सञ्चार

  • ९ फाल्गुन २०७५, बिहीबार
  • विचार

विवेक खड्का
लोकतन्त्र पछि नेपाली समाजमा केही सकारात्मक पक्ष भेटिएका छन । लोकतन्त्र पछिको अवस्थालाई हेर्ने हो भने सवै भन्दा ठुलो विकास सञ्चार क्षेत्रको भएको छ । सञ्चार माध्यमलाई जनताका आँखा, कान र चेतनाको संवाहक पनि भनिन्छ । विद्युतिय सञ्चार क्षेत्रमा एफ.एम.रेडियो टेलिभिजनका लागि नेपाल उर्वर भुमि भयो । यस विचमा पत्रपत्रिकाको उल्लेख्य विकास भयो । एउटा निश्चीत सामाजिक परिधिलाई लक्षित गरेर सञ्चार माध्यम सञ्चालन हुने भएकाले समाज भन्दा वाहिर उसको अस्तीत्व रहदैन भन्ने गरीन्छ । यसकारण समाजमा भएका विकृतिलाई चेतनाको माध्यमवाट क्रमशः हटाउदै जाने र राम्रा पक्षलाई प्रोत्साहित गर्नका लागि आमसञ्चारलाई सामाजिक दायत्वको रुपमा लिइन्छ । सामाजिक मुल्यमान्यता प्रति आदर र सामाजिक सहिष्णुताको भावना पैदा गर्ने काम पनि सञ्चार माध्यमको हो । निजी वा सरकारी जे भए पनि सञ्चारले नागरीकको दवेको आवाजलाई सरकार वा नीति निर्माताको तह सम्म पु¥याउने र दवाव समुहको रुपमा भुमिका खेलेको हुन्छ ।

अपाङ्गता र सञ्चार :
हाल सञ्चार क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुको सहभागीता नगन्य रुपमा छ । यो सहभागितालाई वढाउन सञ्चारमाध्यमले आफ्नो भुमिका केन्द्रीत गर्नु पर्छ । सञ्चारमा अपाङ्गता भएका व्यक्तिहरुको अर्थपुर्ण सहभागीता गराउन सके अपाङ्गता भएका व्यक्तिको सामाजिकरण र उनिहरुलाई मुलधारमा समावेश गर्न महत्पुर्ण भुमिका खेल्ने छ । अपाङ्गता भएका व्यक्तिहरुमा आएको जागरणलाई सम्मान गर्नका लागि सञ्चारले अपाङ्गता भएका व्यक्तिहरुको सहभागीता वढाउन आवश्यक छ । सञ्चार नागरीक प्रति समर्पित भएर सूचना दिने भएकाले अपाङ्गता भएका व्यक्तिहरुको शसक्तिकरणका लागि यसको महत्पुर्ण भुमकिा हुन्छ । तर नेपालमा लोकतन्त्र पछि नेपाली मिडियाको विकासले व्यापकता पाए संगै चेतनाको स्तर र पत्रकारीताको विकास भए पनि सञ्चारमा अपाङ्गता भएका व्यक्तिहरुको स्थान साँगुरीएको छ । मिडिया संचालक र श्रमजीविको विचमा तालमेल नहुनु,सञ्चालहरुले उनिहरुको अवस्थाको सामान्यकारण गरीदिनु, अवसरमा समानता नहुनु, अपाङ्गता भएका व्यक्तिहरुको मुद्धा प्रति संवेदनशिल नुहुनु लगाएतका कारणले उनिहरुका मुद्धा पछि परेको देखिन्छ ।

अपाङ्गता अधिकारः
राज्यले जुन विषयमा कानुन वनाएर अपाङ्गता भएका व्यक्तिहरुलाई सशक्तिकरण गर्न खोजेको छ ती विषयहरु नै अपाङ्गता भएका व्यक्तिहरुका अधिकार हनु । अपाङ्गता भएका
व्यक्तिहरु, उनिहरुका अगुवा, नागरीक समाज सवलेै राज्यले संवैधानीक भनि किटानी गरेका विषयलाई नै हामी अपाङ्गता अधिकार भन्ने गरेका छौं । अपाङ्गता भएका व्यक्तिहरुको
व्यक्तिगत स्वतन्त्रता, निणर्य लिने स्वतन्त्रता र आत्मसम्मान, विभेद रहित वातावरण, समाजमा पुर्ण र प्रभावकारी सहभागीता, अपाङ्गतालाई मानवता र मानवविय विधिताकै एक पाटोको रुपमा सम्मान गर्ने, अवसरमा समानिकरण तथा पहुँच सुनिश्चित गर्ने, महिला र पुरुष वीच समानता कायम गर्ने तथा अपांगता भएका वालवालीकाको विविध क्षमतालाई सम्मान गर्ने जस्ता विषय अपाङ्गता अधिकार भित्र पर्छन । अपाङ्गता भएका व्यक्तिहरुका यी मुल मुद्धाहरु कार्यान्वय गर्नका लागि नेपाल सरकारले विभिन्न कार्ययोजना, कानुन, ऐन, नीयमावलीहरु निर्माण गरेको छ । यति मात्रै होइन अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्वन्धि महासन्धि २००६ लाई एक महत्वपुर्ण कानुनी आधारको रुपमा लिइन्छ ।

अपाङ्गता अधिकारका लागि सञ्चारको भुमिका :
अपाङ्गता भएका व्यक्तिको अधिकार सुरक्षित गर्नका लागि सञ्चार माध्यायमवाट अझै सशक्त रुपमा आवाज उठ्न सकिरहेको छैन । सञ्चार जगत वढी राजनैतिक मुद्धासंग केन्द्रीत भएका कारण अपाङ्गता भएका व्यक्तिका सवालहरु ओझेलमा परेका हुन । यसले गर्दा अपाङ्गता भएका
व्यक्तिले गरेका र गर्न खोजेका सकारात्मक कामहरु ओझेलमा परेका छन । शारिरीक कमजोरीकै कारण परिवार, समाज र राज्यवाटै उपेक्षीत हुने वातावरणवाट अलग्याउन आम सञ्चारले महत्पुर्ण भुमिका खेल्न आवश्यक छ । संग संगै अपाङ्गता भएका व्यक्तिहरुमा भएको हिनतावोध र आत्मगलानीवाट अलग गराई आत्मविश्वासका साथ अवसरको खोजी गर्न प्रेरीत गर्न आवश्यक छ । सञ्चारले उनिहरुलाई अधिकारको वारेमा दिक्षीत गर्न, प्रतिस्पर्धि वनाउन,आनिवानीमा परिवर्तन गर्न सहयोगीको भुमिका खेल्न सक्छ । यसकारण अपाङ्गता भएका व्यक्तिहरुको अधिकार स्थापित गर्नका लागी सञ्चारले आफ्नो भुमिकालाई व्यापक वनाउनु पर्छ । सञ्चारको भुमिकालाई हामीले यसरी हेर्न सक्छौं ।
१. अपाङ्गता भएका व्यक्तिहरूको शसक्तिकरणका लागि विद्युतिय सञ्चार माध्यामले साप्ताहिक रुपमा, दैनिक पत्रिकाहरुले हप्तामा एक दिन र साप्ताहीक पत्रिकाहरुले महिनामा एक अंकमा अपाङ्गता भएका व्यक्तिहरुको शसक्तिकरणका विषयहरु प्रशारण-प्रकाशन गर्नेे ।
२. शव्दगठन÷भाषामा शुद्धता ल्याउन छलफल चलाउने ।
३. अपाङ्गता अधिकारको बारेमा सचेतना जागरण सम्बन्धी काम गर्ने । (विज्ञापन,पोस्टरीङ,होर्डिङ्ग वोर्ड)
४. अधिकार प्राप्त गर्न वा सेवा सुविधा प्राप्त गर्न नसक्ने अपाङ्गता भएका व्यक्तिहरूको लागि सेवा सुविधा लिनका लागि तोकिएको सम्बन्धित निकायमा समन्वयका लागि पहल गर्नेे ।
५. आफ्नो अधिकार प्राप्त गर्न नसकेका अपाङ्गता भएका व्यक्तिहरूलाई सवै नागरीक संग प्रतिस्पर्धी वन्न सहयोग पु¥याई सम्बन्धित निकायमा अधिकार दिलाउन पहल गरिदिने ।
६. अपाङ्गता भएका व्यक्तिहरूले अधिकार नपाएमा अधिकार दिलाउन वकालतमा समेत सहयोग पु¥याउने

निश्कर्ष :
आजको आवश्यकता अपांगता भएका व्यक्तिहरुलाई समाजले हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्नु ,अपाङ्गता भएका व्यक्तिहरुको क्षमतालाई सुरक्षीत गर्नु, अपाङ्गता भएका व्यक्तिहरुलाई संगठित गर्नु, सचेतना वढाउनु, अपांगता मैत्री भौतिक संरचना निर्माणमा पहल गर्नु तथा अपांगताको सवालमा वनेका नीति तथा नियमहरुको कार्यान्वयन, परिमार्जन तथा निर्माण गर्नु हो । अव अपाङ्गता भएका व्यक्तिहरुको नागरीक तथा राजनैतिक अधिकार प्रवर्धनका लागि सञ्चारको भूमिका सशक्त हुनु पर्छ । अपाङ्गता भएका व्यक्तिहरुको सामाजीक विकस र समाजको यो वर्गको उत्थानमा सञ्चारले अपाङ्गताका विषयहरुलाई प्राथमिकतामा पार्नु पर्छ । अपाङ्गता भएका व्यक्तिहरुले गरेका राम्रा कामहरुलाई असल अभ्यासको रुपमा लिई र यसलाई उच्च प्राथमिकतामा राखेर प्रकाशन वा प्राशारणमा ल्याउनु पर्छ ।
लेखक नेपाल अपांग महासंघका केन्द्रिय उप–कोषाध्यक्ष हुन् ।

सेयर गर्नुहोस ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*

shares