१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

ठोरीका विद्यालयमा विद्युतीय हाजिरी

माध्यमिक विद्यालयमा एक महिनाअघि र आधारभूत विद्यालयमा आइतबारदेखि विद्युतीय हाजिर सुरु भएको छ । शिक्षकहरु तोकिएको समयमा नआउने र तोकिएको समयसम्म नबस्ने समस्या समाधानका लागि विद्युतीय हाजिरी शुरु गरिएको गाउँपालिका प्रमुख पदमलाल श्रेष्ठ (पीएल) ले बताए ।

‘विद्यालयमा तोकिएको समयमा नआउने र समय समाप्त नहुँदै टाप कस्ने गरेको गुनासो आयो’ उनले भने ‘त्यसलाई रोक्न ई–हाजिरी जडान गरेका छौं । हाजिरीको मनिटरिङ गाउँपालिकाबाटै गर्ने व्यवस्था मिलाएका छौं ।’

गाउँपालिकाले ई–हाजिरी जडानका लागि एउटा विद्यालयमा २२ हजार बराबर खर्च लागेको छ । शिक्षकको उपस्थिति नियमित गर्न र दण्ड पुरस्कार प्रावधानलाई व्यवस्थित गर्नका लागि–ई हाजिरी प्रभावकारी हुने विश्वास गरिएको छ ।

गाउँपालिकाभित्र ५ वटा माध्यमिक र ६ वटा आधारभूत विद्यालय रहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*