सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम

न्यूज समय

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर सुनको मुल्य २ लाख रुपैयाँ नजिक पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार बढेर तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको हो । सोमबार तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको थियो । यसैबिच चाँदीको मूल्य पनि सामान्य बढेको छ ।

सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।