आज विश्व स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै छ। ‘स्वस्थ सुरुवात, आशावादी भविष्य’यो वर्षको नारा रहेको छ। विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन विश्व स्वास्थ्य दिवस मनाइन्छ। विश्व स्वास्थ्य दिवसको अवसर पारेर देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिँदै छन्। यस वर्ष दिवसमा मातृ तथा नवजात शिशुको स्वास्थ्यमा जोड दिइएको छ।
विश्व स्वास्थ्य संगठनले मातृ तथा नवजात शिशु स्वास्थ्य सम्बन्धी एक वर्ष लामो अभियान सुरु गर्ने जनाएको छ। विश्वमा २० लाखभन्दा बढी शिशुहरू जन्मेको पहिलो महिनामै मर्ने र लगभग २० लाख थप मृत जन्मिने गरेको तथ्यांक छ।
नेपाल सरकारले दिगो विकास लक्ष्य अनुरुप सन् २०३० सम्ममा नवजात मृत्युदर प्रतिहजार जीवित जन्ममा १२ वा सोभन्दा कम र २०३५ मा १० भन्दा कममा ल्याउने प्रतिबद्धता जनाएको छ। आर्थिक सर्वेक्षण २०७९०८० को तथ्यांक अनुसार नवजात मृत्युदर प्रतिहजार जीवित जन्ममा २१ र एक वर्षसम्मका शिशुको मृत्युदर २८ रहेको छ।
न्यूज समय
२५ चैत्र, २०८१, सोमबार ००:००