शुक्रबार राती पक्राउ परेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज रूपन्देही लगिँदैछ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रूपन्देही जिल्ला अदालतको आदेश बदर गरेपछि पक्राउ गरी भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा राखिएका रबिलाई हवाइमार्गबाट रूपन्देही लान लागिएको हो।
सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा रुपन्देही जिल्ला अदालतको धरौटीमा रिहा गर्न गरेको आदेश खारेज गरेपछि प्रहरीले उनलाई शुक्रबार बूढानीलकण्ठस्थित निवासबाट पक्राउ गरेको थियो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उनलाई शुक्रबार थुनामा पठाउने आदेश दिएको थियो ।
यही मुद्दामा रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा हुने आदेश गरेको थियो। उच्च अदालतले उक्त मुद्दा बदर गर्दै रविलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो।
न्यूज समय
२३ चैत्र, २०८१, शनिबार ००:००