मन्त्रीपरिषद्को बैठकले संघीय संसदको चालु अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको. चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय भएको हो ।
सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । संसदको बैठकमा आज पनि बस्दै छ ।
न्यूज समय
१९ चैत्र, २०८१, मंगलबार ००:००