विश्वप्रकाशको प्रश्न : अदालतमा विचाराधिन मुद्दाका विषयमा प्रधानमन्त्रीले किन संसदमा बोल्नुभयो ?

न्यूज समय

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अदालतमा विचाराधिन मुद्दाका विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिएको विषयमा प्रश्न उठाएका छन् । विपक्षी दलहरूले गत बुधवारबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयमा प्रधानमन्त्री ओलीले सोमबार जवाफ दिएका थिए ।

सोमबारकै प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस महामन्त्री शर्माले प्रधानमन्त्री ओलीले अदालतमा विचाराधीन विषयमा संसद्मा आएर जवाफ किन दिनुभयो भन्दै प्रश्न गरे । साथै, शर्माले सभामुख देवराज घिमिरेले अदालतमा विचाराधीन विषयमा प्रधानमन्त्रीलाई बोलाएर संसद्मा जवाफ दिन किन बोलाएको भन्दै प्रश्न गरे ।

शर्माले कुलमानलाई हटाउन नहुने पक्षमा आफू भएपनि अदातलमा पुगिसेकेको विषय अब अदालतले अन्तिम टुंगो लगाउने भएकाले प्रधानमन्त्रीले संसदमा सो विषयमा बोल्नु, बोल्न लगाउनु र बोल्ने अनुमति दिने काम गलत भएको बताए ।